पोखरामा बैंकको एटिएम फोर्ने २ व्यक्ति प्रहरीको नियन्त्रणमा
पाेखरा | फागुन १०, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा विभिन्न बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ व्यक्तिलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका १० रामबजार स्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन, वडा नं १५ बन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र पोखरा वडा नं १५ रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाले हान्ने तथा सिसिटिभि क्यामेरा कागजले छोप्ने गरेको सूचनाको आधारमा तत्कालै प्रहरीले प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका वडा नं ७ स्थायी घर भई हाल पोखरा वडा नं १७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र लम्जुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल पोखरा वडा नं १७ छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लु बहादुर गुरुङ प्रकाउ परको हुन् ।
उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

